संक्रमणकालीन न्यायसंगसम्बन्धीत विधेयकलाई छिटो निष्कर्षमा पुराउनुपर्छ : सभामुख घिमिरे
राजनीति
काठमाडौँ / प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संक्रमणकालीन न्यायसंगसम्बन्धीत विधेयकलाई छिटो निष्कर्षमा पुराउनुपर्नेमा जोड दिएका छन् । सोमबार सहिद यदुकुमार गौतमको स्मृति दिवसमा काठमाडौंमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले दलहरु गम्भीर भएर संक्रमणकालीन न्यायसंगसम्बन्धीत विधेयकलाई छिटो निष्कर्षमा पुराउनुपर्नेमा जोड दिएका हुन्।
उनले चिर स्थायी शान्ति कायम गर्ने गरि शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्गो लगाउनुपर्ने धारणा राखेका छन् । सभामुख घिमिरेले सशस्त्र क्रान्तिको नेतृत्व गरेका दल र नेताहरु शासन गर्ने स्थानमा पुगेपनि स्थायी शान्ति कायम गर्ने बाटोमा केहि बाधाहरु देखिएको बताए ।
तत्कालीन नेकपा (एमाले) रुकुमका सचिव रहेका यदु गौतमको २०५५ फागुन २१ गते हत्या भएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
