`

अन्य दललाई सरकारमा आउन एमालेको आग्रह

Nepal One HD २५ फागुन २०८० ११:४३
प्रमुख खबर

काठमाडौं । नेकपा एमालेले नयाँ सत्ता समीकरणमा साथ र समर्थनका लागि अन्य राजनीतिक दललाई आग्रह गरेको छ । शुक्रबार बिहान बसेको पार्टी सचिवालय बैठकले सत्ता समीकरणमा आएको परिवर्तनलाई सकारात्मक रूपमा ग्रहण गर्दै अन्य दललाई पनि समर्थन गर्न आग्रह गरेको हो ।

बैठकले मुलुकको संकटको अवस्थाबाट पार लाउने जनतालाई आशा र विश्वास मुलुकको स्थायित्व र विकासमा टेवा पुर्याउन एमालेले सकारात्मक भूमिका गर्नुपर्छ भन्ने निष्कर्ष निकालेको छ । महासचिव शंकर पोखरेलले देशमा उत्पन्न निराशालाई चिर्ने देशभित्रै केही हुनसक्छ भन्ने सकारात्मक सन्देश दिने प्रयाससहित नयाँ गठबन्धन सरकार अघि बढ्ने बताए ।

बैठकले महाधिवेशन प्रतिनिधि परिषदको बैठक वैशाख ८ र ९ गते बोलाउने निर्णय गरेको छ । महासचिव पोखरेलले भने, ‘पार्टी महाधिवेसन प्रतिनिधि परिषदको बैठक वैशाख ८ र ९ गते र १० गते पार्टी स्थापना दिवसको विशेष समारोहको आयोजना गर्ने निर्णय भएको छ।’


प्रतिक्रिया