नेपालले दियो आयरल्यान्ड ‘ए’ लाई १९९ रनको लक्ष्य

खेलकुद

काठमाडौँ – नेपालले दोस्रो टी- ट्वान्टी खेलमा पाहुना टोली आयरल्यान्ड उल्भ्सलाई १ सय ९९ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९८ रन बनायो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ३३ रन तथा गुल्सन झाले ४६ रनको योगदान गरे। उनले ३२ बलमा १ चौका र ४ छक्का गरे। । कुशल मल्लले ३४ रन जोडे ।
कुशल भुर्तेल २५ रन, आशिफ शेख ११ रन तथा अनिल साह १२ रनमा आउट भए । सन्दीप जोराले २१ रन बनाए ।
आयरल्यान्ड उल्भ्सका लागि म्याथ्यु फोस्टरले ३ र बेन ह्वाइटले २ तथा गाभिन होए र फियोन ह्यान्डले १- १ विकेट हात पारे ।
यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्यान्ड उल्भ्सलाई ६ विकेटले पराजित गरेको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट