`

रुसी सेनामा भर्ती भएका परिवारले गरे सिंहदरबार अगाडि प्रदर्शन, १८ जना पक्राउ

Nepal One HD १९ चैत २०८० ११:५७
समाचार

काठमाडौँ / रुस–युक्रेन युद्धमा क्रममा मृत्यु तथा घाइते नेपाली युवाका परिवारहरुले सोमबार सिंहदरबार दक्षिण गेटमा प्रदर्शन गरेका छन् ।

युद्धमा घाइते नेपालीको उपचार र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीहरुलाई स्वदेश फर्कने वातावरण बनाउनुपर्ने लगाएतका माग राख्दै उनीहरुले सिंहदरबार दक्षिण गेट अगाडी प्रदर्शन गरेका थिए । उनीहरुले प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएको थियो ।

रुसी सेनामा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनुपर्ने, बन्दी बनाइएको रिहाइको पहल गर्दै उनीहरुले लगातार सरकारको ध्यानाकर्षण गराउदै आएका छन् ।


प्रतिक्रिया