पूर्वमन्त्री अब्दुल खान सवार गाडी दुर्घटनामा

जीवनशैली/स्वास्थ्य

काठमाडौ । जनमत पार्टीका सांसद एवं पूर्व खानेपानी मन्त्री अब्दुल खान सवार गाडी दुर्घटना भएको छ । उनी सवार गाडी सोमबार बिहान कृष्णभिरमा दुर्घटनामा परेको हो । काठमाडौंबाट बर्दिया जाँदै गरेको गाडी धादिङको बेनीघाट रोराङ गाउँपालिका स्थित कृष्णभिरमा दुर्घटना हुँदा सांसद खान सहित ४ जना घाइते भएका हुन् ।
बिएसी २७३५ नम्बरको सरकारी गाडी अनियन्त्रित भई सडक छेउमा ठोक्किएर दुर्घटना भएको हो । सांसद खानको दाहिने हातमा चोट लागेको छ । गाडीमा सवार अली उलाह मुसलमान, अनमर खान र चालक आली मनसुरी पनि घाइते भएका छन् ।
उनीहरुको काठमाडौमा उपचार भइरहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट