`

संसदको चालु अधिवेशन आज मध्यरातिदेखि अन्त्य

Nepal One HD २ वैशाख २०८१ १२:३७
राजनीति

काठमाडौंं । संघीय संसदको हिउँदे तेस्रो अधिवेशन आजराति १२ बजेदेखि लागु हुने गरी अन्त्य भएको छ ।
आइतबार बसेको प्रतिनिधसभाको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयको पत्र पढेर अधिवेशन आज राति १२ बजेदेखि लागु हुनेगरी अन्त्य भएको जानकारी गराएका हुन् ।

उनले भने,‘प्रतिनिधिसभाको चालु अधिवेशन आज राति १२ बजेबाट स्वतःअन्त्य हुने जानकारी गराउँदछु’ । यसअघि सरकारले आज रातिदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

बैठकमा सभामुख घिमिरेले संसदीय काम कारवाही सुनाउँदै ७० दिनमा २३ वटा बैठक बसेको र ८१ घण्टा ५५ मिनेट संसदीय काम कारवाही भएको जानकारी समेत गराएका थिए ।

उनले भने,‘ संघीय संसदको हिउँदे तेस्रो अधिवेशन २०८० माग २२ देखि सुरु भई ८१ बैशाख २ गतेसम्म ७० दिन चालु रह्यो जसमध्य २३ दिनहरुमा २३ वटा बैठक बसी ८१ घण्टा ५५ मिनेट संसदीय काम कारवाही भयो ।’


प्रतिक्रिया