`

तनहुँमा पाडी/ बाछी हुर्काउन अनुदान

Nepal One HD २ वैशाख २०८१ १२:५०
समाचार

तनहुँ – गण्डकी प्रदेश सरकारले यस वर्ष तनहुँमा पाडी र बाछी हुर्काउन प्रोत्साहन कार्यक्रम ल्याएको छ ।

कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत जातका सात सयवटा पाडीरबाछी हुर्काउन रु. १० हजारका दरले अनुदान दिन लागेको हो । विगत तीन वर्षदेखि पाडी र बाछी हुर्काउन प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको छ ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा राजेशकुमार चौधरीले पहिलो वर्ष एक सय, दोस्रो वर्ष दुई सय र तेस्रो वर्ष सात सयवटा पाडीरबाछीका लागि बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

पाडी÷बाछीका लागि रु. ७० लाख बजेट विनियोजन भएको छ । उहाँले भन्नुभयो, “तीन सय किसानले छ सय २८ पाडीरबाछीका लागि आवेदन दिइसकेका छन् ।”

आवेदनका आधारमा किसानका गोठमा पुगेर स्थलगत अनुगमन गरी अनुदान दिइनेछ । एकजना पशुपालक किसानले बढीमा पाँच वटासम्म पाडीरबाछीका लागि अनुदान पाउने केन्द्रले जनाएको छ ।

बाह्य जिल्लाबाट ल्याइएका पशुका तुलनामा जिल्लाभित्रै हुर्किएका पाडीरबाछीमा कम रोग लाग्ने भएकाले पशु आयात न्यूनीकरण गर्न अनुदान दिएको केन्द्रका प्रमूख चौधरीले बताउनुभयो । अनुदान पाउनका लागि पाडीरबाछीको उमेर एक वर्ष पुरा भएको हुनुपर्ने मापदण्ड राखिएको छ ।


प्रतिक्रिया