कोशी प्रदेश सरकार गठन विवादमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
प्रमुख खबर
काठमाडौं । कोशी प्रदेश सरकार गठन असंवैधानिक भन्दै निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा सर्वाेच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले प्रदेश प्रमुख कार्यालयलाई कारण देखाऊ आदेश जारी गरेको हो ।
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीको जिम्मेवारीमा कुनै काम कारबाही नगर्न नगराउन र आफूलाई यथावत रूपमा आफ्नो जिम्मेवारी बहन गर्न व्यवधान नगर्न नगराउन भन्दै अन्तरिम आदेश माग गरेका थिए ।
आदेशमा भनिएको छ, ‘संविधानको व्याख्याको विषय अन्तर्निहित भएको देखिँदा उक्त विषयहरूको निरूपण पूर्ण सुनुवाईबाट हुनुपर्ने देखिएकोले हाललाई निवेदकको माग बमोजिमको अन्तरिम आदेश जारी गरिरहनुपरेन ।’


प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
