`

उद्योगमन्त्री भण्डारीद्वारा चोभार बन्दरगाहको निरीक्षण

Nepal One HD ८ भदौ २०८१ १८:२१
अर्थ समाचार

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले चोभारस्थित सुख्खा बन्दरगाहको निरीक्षण गरेका छन् । शनिबार बिहान उनले बन्दरगाहमा रहेका सवारी साधन पार्किङको अवस्था, गोदाम व्यवस्थापन, कार्यालय व्यवस्थापनलगायतको निरीक्षण गरेका हुन् ।

निरीक्षणका क्रममा उनले बन्दरगाहलाई अझै बढी चलायमान बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

पाँच वर्षका लागि निजी क्षेत्रसँगको साझेदारीमा संचालन भैरहेको बन्दरगाहले न्युनतम तीन करोड रकम राजश्व संकलन गर्ने सहमति भएपनि उक्त अवधीमा ८ देखी १० करोड रकमसम्म राजश्व संकलन गर्ने लक्ष्य रहेको बन्दरगाहका कार्यकारी निर्देशक आशिस गजुरेलले जानकारी दिए ।

अहिले फास्ट ट्रयाकको अभावमा समेत बन्दरगाहले अपेक्षा अनुसारको प्रतिफल दिइरहेको उनको दावी छ ।


प्रतिक्रिया