सुनको मूल्य तोलामा एक हजार रुपैयाँले वृद्धि

अर्थ समाचार

काठमाडौँ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला एक लाख ५१ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबारका लागि एक लाख ५२ हजार चार सय निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक हजार आठ सय १५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार आठ सय ५० निर्धारण भएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट