नेप्सेमा दोहोरो अंकको गिरावट

अर्थ समाचार

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्से घटेको छ । बिहीबार ९० अङ्कभन्दा धेरैले घटेको नेप्से बिहीबार १२ दशमलव १० अङ्कले घटेर दुई हजार सात सय २७ दशमलव ३६ विन्दुमा झरेको छ ।
आज माइक्रोफाइनान्स र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज नेपाल फाइनान्स कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै नौ प्रतिशतले घटेको छ ।
समग्रमा बजार घटेको दिन आत्मनिर्भर लघुवित्त कम्पनीको शेयर बने १० प्रतिशतले बढेको छ । आज कारोबार रकम पनि घटेको छ । आज तीन सय १६ वटा कम्पनीका दुई करोड एक लाख कित्ता शेयर नौ अर्ब ६५ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल फाइनान्सको ४० करोड रुपैयाँको शेयर किनबेच भयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट