`

रास्वपाले आन्दोलन जारी राख्ने, उपाध्यक्ष अर्यालको संयोजकत्वमा मूल समिति गठन

Nepal One HD १० कार्तिक २०८१ २१:०६
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटीले आन्दोलन संचालन गर्न पार्टी उपसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा मूल समिति गठन गरेको छ ।

शनिबार बसेको केन्द्रीय समिति बैठकले अर्यालको संयोजकत्वमा सात प्रदेश सभापतिसहितको आन्दोलन संचालन मूल समिति गठन गर्ने निर्णय गरेको हो ।

बैठकले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँध्न पक्राउ गरिएको भन्दै विनाशर्त रिहाइ गर्न माग गरेको छ ।


प्रतिक्रिया