त्रिशुलीमा ट्रक खस्यो, तीन जनाको उद्दार

प्रमुख खबर

मलेखु । नवलपरासीबाट काठमाडौं गइरहेको ट्रक धादिङ्गको बेनिघाट रोराङ्ग गाउँपालिकास्थित हुग्दी खोला नजिकैबाट त्रिशुली नदीमा खसेको छ ।
नवलपरासीबाट चामल बोकेर काठमाडौं गइरहेको गरेको लु २ ख ३५० नम्बरको ट्रक मंगलबार बिहान पाँच बजेको समयमा धादिङ्गको बेनिघाट रोराङ्ग गाउपालिका वडा नम्बर १० स्थित हुग्दीखोला नजिकैबाट त्रिुशलीमा खसेको हो ।
दुर्घटनामा ३ जनाको उद्वार गरी काठमाडौ उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ । त्रिशुलीमा ट्रकको केही भागमात्र देखिएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट