`

सुनको मूल्य तोलामा दुई हजारले बढ्यो

Nepal One HD १९ पुष २०८१ ११:४१
अर्थ समाचार

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र नेपाली बजारमा माग बढेसँगै शुक्रबार सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँ बढेको हो ।

बिहीबार प्रतितोला एक लाख ५१ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य शुक्रबार एक लाख ५३ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेको छ । आज नेपाली बजारमा चाँदी प्रतितोला एक हजार आठ सय १० मा कारोबार हुनेछ ।


प्रतिक्रिया