`

सुन तोलामा एक हजार ६ सयले बढ्यो

Nepal One HD २८ पुष २०८१ ११:०४
अर्थ समाचार

काठमाडौं । आइतबार नेपाल बजारमा सुनको मूल्य बढेको छ । आइतबार सुन प्रतितोला एक हजार ६ सय रुपैयाँ बढेको हो । मूल्य बढेर आज सुन प्रतितोला एकलाख ५५ हजार सातसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँ बढेको छ। चाँदीको मूल्य आज प्रतितोला एक हजार आठसय ६० रुपैयाँ पुगेको छ।


प्रतिक्रिया