शेयर बजारमा दोहोरो अंकको वृद्धि

अर्थ समाचार

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से दोहोरो अङ्कले बढेको छ । आइतबार नेप्से १२.५८ अङ्कले बढेर २ हजार ६०१.२१ विन्दुमा पुगेको छ ।
आज होटल, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर बढेको छ । आज फाइनान्स र उत्पादन समूहको शेयर दुई प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
बजार दोहोरो अङ्कले बढेको दिन बोटलर्स नेपाल (बालाजु) कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन सुपर मादी हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ । आज कारोबार रकम पनि बढेको छ ।
अघिल्लो कारोबार दिन गएको बिहीवार ५ अर्ब ९३ करोडको कारोबार भएकोमा आज ३२५ वटा कम्पनीका १ करोड २९ लाख कित्ता शेयर ६ अर्ब २५ करोड रुपैयाँमा किनबेच भएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया