`

कञ्चनपुरमा नेपाली कांग्रेसका नगर सभापति मृत फेला

Nepal One HD १९ माघ २०८१ ९:४५
प्रमुख खबर

धनगढी । कञ्चनपुरमा नेपाली कांग्रेसका नगर सभापति अच्युत कलौनी मृत फेला परेका छन् । भीमदत्त नगरपालिका– १८ स्थित वडा कार्यालय नजिकैको बाटोमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी गणेश चन्दले अहिले घटनास्थलमा जिल्लाका एसपी चक्रराज जोशीको कमाण्डमा टोली घटनास्थलमा पुगेको जानकारी दिए ।

मृतक कलौनी भीमदत्त नगरपालिकाका कांग्रेस सभापति तथा निकै लोकप्रिय नेता थिए । उनको हत्या भएको आशंकासमेत गरिएकोले प्रहरीले सोही ढङ्गले पनि अनुसन्धान थालेको छ ।


प्रतिक्रिया