`

सरकार नजिकका भ्रष्टाचारीलाई जोगाउन लाग्योः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

Nepal One HD १९ माघ २०८१ १३:५१
प्रमुख खबर

अर्घाखाँची । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने कार्यमा नलागेको बताएका छन् ।

शनिबार सन्धिखर्कमा आयोजित पत्रकार भेटघाटमा उपप्रधानमन्त्री श्रेष्ठले वर्तमान सरकारको आलोचना गर्दै सरकार नजिकका भ्रष्टाचारीलाई जोगाउन लागिरहेको आरोप लगाएका हुन् ।

उनले भने, ‘परिवर्तनका लागि जति आह्वान गरे पनि, सरकार जनताको पक्षमा काम गर्न सकेको छैन। भ्रष्टाचार नियन्त्रणको लागि कुनै वास्तविक प्रयास भएको छैन। सरकारको नीति र कार्यले जनतामा विश्वास पैदा गर्न सकेको छैन ।’

समाजवादको आधार तय गर्ने काम जनताको जागरण अभियानबाटै सम्भव भएको उनको भनाई थियो ।


प्रतिक्रिया