`

मेलम्ची खानेपानीको पाइप फुटेर बबरमहल क्षेत्र जलमग्न

Nepal One HD ३० माघ २०८१ १५:४६
प्रमुख खबर

काठमाडौं । काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेपछि जलमग्न भएको छ । जिल्ला अदालत काठमाडौं अगाडि पाइप फुटेको हो ।

पाइप फुटेपछि वन परिसर, विशेष अदालत, जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा बाढी पसेको छ । त्यसक्षेत्रमा केहीबेर आवतजावतमा पनि समस्या भएको थियो । अहिले नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरीको टोलीले मर्मत थालेको छ ।


प्रतिक्रिया