बालुवाटारमा सत्ता पक्षीय दलका शीर्ष नेताको बैठक

प्रमुख खबर

काठमाडौँ । सत्ता पक्षीय दलका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटार बसिरहेको छ । बैठकमा सङ्घीय संसदमा विचाराधीन विधेयकहरूलाई संसदीय प्रक्रियाबाट यथाशीघ्र टुङ्गोमा पुर्याउन पहल गर्ने विषयमा छलफल हुने बताइएको छ ।
यसअघि मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता पक्षीय दलका शीर्ष नेताको बैठकमा विचाराधीन विधेयकलाई चाँडै अघि बढाउने विषयमा छलफल भएको थियो ।
बैठकमा भूमिसम्बन्धी अध्यादेशमा राजनीतिक सहमति जुटाउनेलगायत समसामयिक विषयमा छलफल भएको थियो । तर बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी नभएपछि अध्यादेशमा सहमति जुटाउने प्रयास असफल भएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट