`

पौडी खेल्दा डुबेर दुई युवकको मृत्यु

Nepal One HD १६ चैत २०८१ २१:०२
समाचार

अर्घाखाँची, १६ चैतः जिल्लाको भूमिकास्थान नगरपालिका झिमरुक नदी र छिर्लिङ्ग खोलाको दोभानको रहमा आज पौडी खेल्दा डुबेर दुई युवकको मृत्यु भएको छ ।

भुमिकास्थान–१० धनचौर पुयापाटाका १९ वर्षीय दिलिप नेपाली र सोही स्थानका १७ वर्षीय अशोक नेपालीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरिक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ । 

प्रतिक्रिया