रविले चितवनमा बोल्छ भनेर सरकार डरायोः स्वर्णिम वाग्ले


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले सभापति रवि लामिछानेमाथि गरिएको व्यवहार निन्दनीय भएको बताएका छन् ।
चितवनमा शनिबार पार्टीको ‘जनयात्रा’ कार्यक्रलाई सम्बोधन गर्दैै वाग्लेले सभापति लामिछानेलाई दुनियाँकै सबैभन्दा ठूलो अपराधीलाई जस्तो व्यवहार गरिएको बताएका हुन् ।
उनले भने, ‘७ बजेतिर फैसला आउने, दुनियाँकै ठूलो अपराधीलाई जस्तो गरी, आकाशै खस्ला जस्तो गरेर धरपकड गरियो, त्यो निन्दनीय छ।’
उनले चितवनमा बोल्छ भनेपछि त्यो रोक्नकै लागि यति गरिएको आरोप लगाए । उनले आज रवि लामिछानेसँग कुरा भएको उल्लेख गर्दै भने, ‘हिजो केके न होला जस्तो भनेर ल्याएका थिए, यहाँ दालभात खुवाएर राखेका छन्, आज पनि बिदा, भोलि पनि बिदा त्यसैले चितवनमा बोल्न नदिन नै सिंगो राज्य लागेको भन्ने प्रमाणित भएको छ ।’
आज रास्वपा सभापति लामिछानेले चितवनमा सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो । तर शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा पठाउने आदेश दिएको थियो । आदेश आएको केही घण्टामा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
https://www.facebook.com/plugins/video.php?height=476&href=https%3A%2F%2Fwww.facebook.com%2FRastriyaswatantraparty%2Fvideos%2F651227874298761%2F&show_text=false&width=267&t=0