आवासीय चिकित्सकहरूलाई काठमाडौंकेन्द्रित आन्दोलनमा आउन चिकित्सक संघको आह्वान

जीवनशैली/स्वास्थ्य

काठमाडौं । नेपाल चिकित्सक संघले देशभरका आवासीय चिकित्सकलाई काठमाडौं केन्द्रित आन्दोलनमा आउन आह्वान गरेको छ ।
संघका अध्यक्ष अनिल बिक्रम कार्कीले बुधबार विज्ञप्ति जारी गरी देशभरका आवसीय चिकित्सकहरूलाई काठमाडौंकेन्द्रित आन्दोलनमा आउन आह्वान गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘देशभरका सम्पूर्ण चिकित्सकहरूलाई बिहीबार बिहान १० देखि १२ बजेसम्म सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा घेराउ गर्न र उपत्यका भित्रका सम्पूर्ण चिकित्सकहरुलाई माइतीघरमा उपस्थित भई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गर्न आह्वान गर्दछौं ।’
यस्तै, २४ घन्टाभित्र माग कार्यान्वयन नभए आकस्मिक बाहेकका सबै सेवा रोक्ने संघले चेतावनी दिएको छ।


प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट