`

राष्ट्रिय परीक्षा बोर्डले भन्यो- प्रश्नपत्र बाहिरिएको हल्लामा सत्यता छैन

Nepal One HD २१ वैशाख २०८२ १७:२५
शिक्षा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा अगाडि नै प्रश्नप्रत्र बाहिरिएको भन्ने खबरमा सत्यता नभएको बताएको छ ।

बोर्डले आइतबार विज्ञप्ति जारी गरी सामाजिक सञ्जालमा प्रश्नपत्र बाहिरिएको भन्ने हल्लामा सत्यता नभएको बताएको हो । बोर्डले बाहिरिएको भनिएको अंग्रेजी विषयको प्रश्नपत्र पुरानो भएको पनि स्पष्ट पारेको हो ।


प्रतिक्रिया