`

आईपीओ स्वीकृतिमा धितोपत्र बोर्डले कमिसन मागेको विषय छानबिन गर्न माओवादीको माग

Nepal One HD २४ वैशाख २०८२ १२:०३
प्रमुख खबर

काठमाडौं नेकपा माओवादी केन्द्रले जलविद्युत आयोजनाहरुसँग धितोपत्र बोर्डले कमिसन मागिरहेको विषय छानबिन गर्न माग गरेको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटाले जलविद्युत आयोजनाहरुसँग धितोपत्र बोर्डले कमिसन मागिरहेकोबारेमा सरकारको ध्यानाकर्षण गराउँदै छानबिन गर्न माग गरेका हुन् ।

उनले बोर्डले आयोजनासँग पाँचदेखि सात प्रतिशत कामिसन मागेको इप्पानका पदाधिकारीले बताइरहेको उल्लेख गरे ।

उनले भने, ‘२२ महिनायता करिब ८९ कम्पनीको ५६ अर्ब ७ करोड रुपैयाँको आईपीओ अनुमति रोकेको छ । आजका केही मिडियामा त इप्पानका अध्यक्ष र इप्पानका सदस्यले नै खुलाखुला यसकाबारेमा आफ्नो दृष्टिकोण सार्वजनिक गर्नुभएको छ कि धितोपत्र बोर्डले साना परियोजनासँग ५ प्रतिशत र ठूलो आयोजनासँग ७ प्रतिशत कमिसनको बार्गेनिङ गर्यो। यो निकै गम्भीर र दुःखदायी अवस्था हो।’

सापकोटाले घटनाकाबारेमा छानबिन गर्नुपर्ने बताए ।  उनले भने, ‘यो घटनालाई एउटा भरपर्दो संयन्त्रका साथ छानबिन गर्नुपर्यो ।म सभामुखमार्फत नेपाल सरकारलाई रुलिङका लागि माग गर्न चाहान्छु।’


प्रतिक्रिया