बेरुजु बढेकोप्रति सरकार र संसद गम्भीर हुनुपर्छः सांसद गैरे

प्रमुख खबर

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले महालेखका परीक्षकको प्रतिवेदनमा धेरै बेरुजु देखिएको भन्दै संसद र सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद गैरेले बेरुजु बढेकोप्रति सरकार र संसद गम्भीर हुनुपर्ने बताएका हुन् । उनले यो प्रवृत्तिले नकारात्मक सन्देश गएको बताए ।
उनले भने, ‘आज ७ खर्ब ३३ अर्ब १९ करोड ९ लाख रुपैयाँ यो देशको बेजुरु भएको छ । यो कुरा यही रुपमा बढ्दै जाने हो भने हामी कहाँ पुग्छौँ भन्ने यसले सन्देश दिएको छ।’
गैरेले यसले आर्थिक अनुशासन र कार्यक्षमतामाथि पनि प्रश्न उठाएको बताए । उनले भने, ‘यही तरिकाले हामी अगाडि बढ्दै जाने र यही अवस्थालाई हामीले बल दिँदै गर्ने हो भने हाम्रो अर्थतन्त्र, त्यसभित्रको हाम्रो आर्थिक अनुशासन र हाम्रो कार्यक्षमतामाथि यसले गम्भीर प्रश्न उठाएको छ ।’
प्रतिक्रिया
ताजा अपडेट