विज्ञलाई गभर्नर नियुक्त गर्न सांसद सिंहको माग

NepalOne १ जेठ २०८२ १२:०८
प्रमुख खबर

काठमाडौं । स्वतन्त्र सांसद अमेरशकुमार सिंहले गभर्नर नियुक्ति प्रक्रिया देखेर लाज पनि लजाइसकेको टिप्पणी गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद सिंहले यति गर्दा पनि सरकार नलजाएको बताएका हुन् । उनले भने, ‘गभर्नर नियुक्तिलाई लिएर लाज पनि लजाइसक्यो, तर हाम्रो सरकार लजाउँदैन।’

सिंहले राजनीतिक दलको सदस्य गभर्नर बन्न नसक्ने भन्दै चुनाव लडेको मान्छे राजनीतिक दलकै सदस्य हुने जिकिर गरे।

उनले भने, ‘पहिला पहिला मान्छे चुनाव लड्थ्यो, चुनाव हार्छ, राष्ट्रियसभामा जान्छ । राजदूत बन्छ। यो गलत परम्परा हो। राष्ट्र बैंकको ऐनमा कुनै पनि राजनीतिक सदस्य रहन सक्दैन । राष्ट्र बैंकमा कोही विज्ञ छैन ? विज्ञलाई नियुक्त गर्नुपर्दैन ? हरेक कुरामा दलको कार्यकर्ता खोज्ने?’

उनले हरेक पदमा राजनीतिक दलकै कार्यकर्ता खोज्ने प्रवृत्ति घातक भएको बताए ।


प्रतिक्रिया