बजेट ल्याउने मिति संशोधन गर्न निधिको माग

प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले बजेट ल्याउने मिति संशोधन गर्न माग गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद निधिले जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था संशोधन गर्न माग गरेका हुन् ।
उनले बजेटभन्दा गणतन्त्रको ओझ ठूलो भएकाले बजेट ल्याउने मिति संशोधन गर्नुपर्ने बताए । उनले भने, ‘गणतन्त्र र बटेज तुलना नै गर्न सकिँदैन । संविधानमै लेखिएकाले बाध्यता होला, तर संशोधन गरियोस् ।’
उनले संविधान संशोधन गर्ने दुई दलबीच सहमति नै भएको भन्दै बजेट ल्याउने मिति संशोधन गर्न माग गरेका हुन् ।
प्रतिक्रिया
ताजा अपडेट