मन्त्रिपरिषद् बैठक बोलाइयो, गभर्नर नियुक्तिको तयारी

बिशेष

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजे मन्त्रिपरिषद बैठक बोलाइएको हो ।
प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मंगलबार दिउँसो छलफल भएपछि मन्त्रिपरिषद् बैठक बोलाइएको हो । सोमबार बोलाइएको मन्त्रिपरिषद बैठक अन्तिम समयमा स्थगित भएको थियो ।
आजको बैठकले नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्ति गर्ने सम्भावना छ । चैत ११ गते गभर्नर सिफारिस समिति गठन भएपनि अहिलेसम्म एक पटक पनि बैठक बसेको छैन । अहिले गभर्नरका लागि राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेलको नाम अघि सारिएको छ ।
प्रतिक्रिया
ताजा अपडेट