समाचार

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा

NepalOne
६ जेठ २०८२ १७:५०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट ‘हेर्दाहेर्दै’मा राखिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नकहुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मंगलबार सुनुवाइ भएको थियो । सुनुवाइ नसकिएपछि आजका लागि उक्त रिट हेर्दाहेर्दैमा राखिएको सर्वोच्च प्रशासनले जनाएको छ ।

लामिछानेका तर्फबाट उनकी पत्नी निकिता पौडेलले ७ वैशाखमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेकी थिइन् । यसअघि पटक–पटक पेसी तोकिए पनि रिट ‘हेर्न नमिल्ने’ मा परेको थियो ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत चैत २२ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । अहिले लामिछाने रुपन्देही कारागारमा छन् ।


प्रतिक्रिया