रवि लामिछानेको मुद्दामा हेर्दाहेर्दैमा

NepalOne
८ जेठ २०८२ १७:५३
बिशेष

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।

सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश बदर गरी थुनाबाहिरै रहेर मुद्दा लड्न दिनु पर्ने माग गर्दै दायर रिटमा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मंगलबार र बिहीबार सुनुवाइ भएपनि बहस सकिएको छैन । अब शुक्रबार सुनुवाइ हुनेछ। शुक्रबार भने आदेश आउने सम्भावना छ ।

बिहीबार रवि र छविलाल जोशीका कानुन व्यवसायीको बहस सकिएपछि सरकारी वकिलले पनि बहस गरेका छन्। शुक्रबार जाहेरवालाका वकिलले बहस गर्नेछन् ।

जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा रिहा गरे पनि उच्च अदालत बुटवलले थुनामै राख्न आदेश दिएपछि रवि चैत २२ गते पक्राउ परेका थिए । हाल रवि रुपन्देही जिल्ला कारागारमा छन् ।


प्रतिक्रिया