रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समिति बैठक

NepalOne
१० जेठ २०८२ ७:२८
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतले थुनामै राख्ने आदेश दिएपछि सचिवालय र केन्द्रीय समिति बैठक बोलाएको छ ।
सर्वोच्चको आदेशलगत्तै गएराति बसेका सचिवालयको आकस्मिक भर्चुअल बैठकले सचिवालय र केन्द्रीय समिति बैठक बोलाएको हो । आज दिउँसो तीन बजे सचिवालय र चार बजे केन्द्रीय समितिको भर्चुअल बैठक बस्ने रास्वपाले जनाएको छ ।
त्यस्तै आइतबार दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक बस्ने रास्वपाले जनाएको छ । शुक्रबार सर्वोच्च अदालतले उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रविलाई पुर्पक्षका लागि थुनामा पठाउन दिएको आदेशलाई सदर गरेको थियो ।
प्रतिक्रिया
ताजा अपडेट