संघीयताबारे छलफल गर्न राष्ट्रियसभा सदस्यहरु आआफ्नो निर्वाचन क्षेत्रमा

NepalOne
१० जेठ २०८२ १६:१९
राजनीति

काठमाडौं ।  यही जेठ ११ र १२ गते सातवटै प्रदेशमा आयोजना हुने ‘संघीयता सबलीकरणमा राष्ट्रियसभाको जिम्मेवारी, प्रदेश र स्थानीय तहसँग समन्वय र साझेदारी’ विषयमा आयोजना हुने छलफलमा भाग लिन राष्ट्रियसभा सदस्यहरु आआफ्ना प्रदेशतर्फ प्रस्थान गरेका थिए।

छलफलमा संघीयता कार्यान्वयन, वित्तीय संघीयता, सार्वजनिक सेवा र विकासका बारेमा विचारविमर्श हुने संसद् सचिवालयले जनाएको छ।

कोशी प्रदेशमा हुने छलफलको संयोजन कृष्णप्रसाद सिटौला, मधेसमा मोहम्मद खालिद र बागमती प्रदेशमा गंगाकुमारी बेलबासेले गर्नेछन्।

यसैगरी, गण्डकी प्रदेशका लागि कमलादेवी पन्त, लुम्बिनीका लागि गोपाल भट्टराई, कर्णालीमा मायाप्रसाद शर्मा र सुदूरपश्चिम प्रदेशका लागि मदनकुमारी शाहलाई संयोजकको जिम्मेवारी तोकिएको सचिवालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ। सम्बन्धित प्रदेशबाट निर्वाचित राष्ट्रियसभाका सबै सदस्य छलफमा सहभागी हुनेछन्।

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल बागमती र उपाध्यक्ष विमला घिमिरे लुम्बिनी प्रदेशको छलफल तथा मनोनित सदस्य अञ्जान शाक्य कर्णाली प्रदेशको कार्यक्रममा सहभागी हुने जनाइएको छ।


प्रतिक्रिया