अमेरिकाले ठूलो संख्यामा नेपालीलाई डिपोर्ट गरेर आज काठमाडौं पठाउँदै

प्रमुख खबर

काठमाडौं । अवैधरुपमा अमेरिका बसेका नेपालीको एक टोली लिएर अमेरिकी जहाज आज काठमाडौं आउँदैछ । आज अपरान्ह चार बजे डिपोर्ट गरिएका नेपाली लिएर अमेरिकी जहाज त्रिभुवन विमानस्थल अवतरण गर्न लागेको हो । कम्तीमा ५० नेपालीलाई डिपोर्ट गरिएको बताइएको छ ।
काठमाडौंस्थित अमेरिकी दूतावासले यसअघिनै डिपोर्ट गरिएका नेपाली आउनेबारे जानकारी गराइसकेको छ । डोनाल्ड ट्रम्पले राष्ट्रपतिको शपथ लिएपछि अमेरिकाले १४० जना नेपाली डिपोर्ट गरिसकेको छ ।
प्रतिक्रिया
ताजा अपडेट