`

प्रधानमन्त्री ओलीबाट नेपाली दूतावासको अवलोकन

Nepal One HD १९ असार २०८२ १८:५४
प्रमुख खबर

मेड्रिड (स्पेन), १९ असारः प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मेड्रिडस्थित नेपाली दूतावास कार्यालयको निरीक्षण गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीलाई स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले स्वागत गर्दै कार्यालयको गतिविधिबारे अवगत गराउनुभएको थियो । स्पेनमा हाल करिव १५ हजार नेपाली विभिन्न पेसा व्यवसायमा कार्यरत छन् ।

त्यस अवसरमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, खानेपानीमन्त्री प्रदीप यादव, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *