एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु

समाचार

सुर्खेत। जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
भेरी नगरपालिका-१ कोलचौर नजिकै कल्ले खोलामा आज भे१च २२४७ नंको एम्बुलेन्स दुर्घटना भएको छ ।
दुर्घटनामा एम्बुलेन्सका चालक भेरी- १ डौंरीकाँडाका २७ वर्षीय सुनिल चनाराको मृत्यु भएको हो ।
अस्थायी प्रहरी पोष्ट होलुखोलाका प्रहरी नायब निरीक्षक वीरबहादुर थापाका अनुसार भेरी- १ डौँरीकाँडा बिरामी लिन जाँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको हो ।
उकालो सडकमा भित्तामा ठोक्किएर एम्बुलेन्स दुर्घटना भएको हो । चालक चनाराको घट्नास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया