लमजुङमा अटो दुर्घटना, सात जना घाइते


सुन्दरबजार (लमजुङ) । लमजुङको सुन्दरबजारबाट पाउँदीतर्फ जाँदै गरेको यात्रुवाहक अटो दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
ग.प्र. ०४–००१ ह २०४ नम्बरको उक्त अटो सुन्दरबजार नगरपालिका–७ पोखरेल गाउँको घुम्तीमा दुर्घटना भएको हो । दुर्घटनामा सुन्दरबजार नगरपालिका–६ की गोमा अधिकारीको टाउकोमा गम्भीर चोट लागेकाले एचडिसियस नमूना सामुदायिक अस्पताल सुन्दरबजारमा प्राथमिक उपचारपछि चितवन रिफर गरिएको इलाका प्रहरी कार्यालय सुन्दरबजारले जनाएको छ ।
सोही स्थानका कृष्णकुमारी रेग्मी, सृजना तामाङ, स्वतन्त्र घिमिरे र सरस्वती न्यौपाने सामान्य घाइते भएका एचडिसियस नमूना सामुदायिक अस्पताल सुन्दरबजारका निर्देशक हेमन्त श्रेष्ठले जानकरी दिए ।
त्यसैगरी पर्वतको कुश्मा नगरपालिका–१० की हाल लमजुङ क्याम्पसमा अध्ययनरत दिक्षकिरण शर्मा सामान्य घाइते रहेकी प्रहरीले जनाएको छ । सामान्य घाइते सबैको एचडिसियस नमूना सामुदायिक अस्पताल सुन्दरबजारमा उपचार भइरहेको छ ।
दुर्घटनापछि चालक विनोद खड्का र अटोलाई इलाका प्रहरी कार्यालय भोटेओडारको नियन्त्रणमा राखिएको छ ।