`

भूमिगत सिँचाइ आयोजनाको कार्यक्षेत्र विस्तार

Nepal One HD ३० साउन २०८२ १३:०५
समाचार

चितवन । भूमिगत सिँचाइ आयोजनाको कार्यक्षेत्र विस्तार भएको छ । चितवन, मकवानपुर र नवलपरासी (बर्दघाट सुस्ता पूर्व०)कार्यक्षेत्र भएको आयोजनामा बारा र पर्सा थपिएका छन् ।

आयोजना प्रमुख विश्वबन्धु केसीका अनुसार तराई क्षेत्रमा पानीको समस्या बढेसँगै सरकारले आयोजनाको कार्यक्षेत्र विस्तार गरेको हो ।

चालु आ.व.मा २४ वटा भूमिगत सिँचाइका आयोजना पूरा गर्ने लक्ष्य निर्धारण गरिएको छ । पुराना तीन जिल्लामा १२ र थपिएका दुई जिल्लामा रु १९ करोडको लागतमा १२ वटा ट्युवेल जडान गरिने छन् । ती जिल्लामा ५४ वटा ट्युबेलको माग छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *