`

शिक्षा विधेयकको प्रतिवेदन अध्ययन गर्न दुई दिनको समय, भदौ ६ गते पेस गर्ने तयारी

Nepal One HD २ भदौ २०८२ १७:५०
शिक्षा

काठमाडौं । विद्यालय शिक्षा विधेयकको प्रतिवेदन अध्ययन गर्न दुई दिनको समय दिइएको छ । सोमबारको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शिक्षामन्त्री रघुजी पन्तले प्रतिवेदन अध्ययन गर्न दुई दिनको समय मागेका थिए ।

सोमबार समितिको बैठकमा उपसमितिले तयार पारेको प्रतिवेदन पेस गरिएको थियो । विवादित विषयलाई थाँती राखेर समिति सचिवालयले प्रतिवेदन तयार पारेको थियो । समिति सचिवालयले प्रतिवेदनमा नमिलेका विषयमा भाषा मिलाएर प्रतिवेदन पेस गरेको हो ।

छविलाल विश्वकर्मा नेतृत्वको उपसमितिले तयार पारेको प्रतिवेदनमा पूर्ण छात्रवृत्ति भन्नाले शिक्षण शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक तथा शिक्षा सामग्री, पोसाक, यातायात, आवासीय सुविधा (विद्यालयमा उपलब्ध भएमा) लगायत विद्यालयले लिने शुल्क तथा उपलब्ध गराउने सुविधा उल्लेख गरिएको छ ।

विधेयकको प्रतिवेदन भदौ ५ गते प्रतिनिधिसभा अन्तरगतको शिक्षा समितिको बैठकबाट पारित गरेर विधेयक भदौ ६ गतेको बैठकमा पेस गर्नेगरी तयारी भएको हो ।

सोमबार बसेको समिति बैठकले प्रतिवेदन पारित गर्नका लागि भदौ ५ गते ८ बजेका लागि बोलाइएको समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *