`

उपसभामुखलाई हटाउन खोजेर कांग्रेस-एमाले अर्को गल्ती गर्दैछन्: प्रचण्ड

Nepal One HD ३ भदौ २०८२ १३:५५
प्रमुख खबर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका उपसभामुखलाई हटाउने कार्यको विरोध गर्ने बताएका छन् ।

मंगलबार पार्टी कार्यालय पेरिसडाडाँमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले उपसभामुखलाई हटाउन खोजेर कांग्रेस–एमालेले गल्ती गर्न लागेको भन्दै आफ्नो पार्टीले विरोध गर्ने बताएका हुन् ।

वर्तमान सरकार गठन भएदेखि नै गल्ती बाहेक राम्रो कुनै काम गर्न नसकेको उनले बताए ।

प्रचण्डले सामाजिक सेवामा सक्रिय आदिवासी जनजाति महिलालाई अनाहकमा हटाउने कोसिस गलत रहेको जिकिर गरे । प्रचण्डले उपसभामुख इन्दिरा रानामाथि यसअघि लगाइएको आरोप समेत कपोकल्पित रहेको बताए । उपसभामुख राना असम्बन्धित व्यक्तिहरूलाई अमेरिका पठाउन अमेरिकी दूतावासलाई पत्र लेखेसँगै विवादमा तानिएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *