`

जापानीज इन्सेफ्लाईटिसबाट चितवनमा तीन जनाको मृत्यु

Nepal One HD ३ भदौ २०८२ १४:१३
समाचार

चितवन । जिल्लाका तीन जनाले जापानीज इन्सेफ्लाईटिसबाट ज्यान गुमाएका छन् । जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार गत साउन २३ देखि भदौ ३ गते सम्मको नमूना परीक्षणमा नौ जना सङ्क्रमित फेला परेका थिए । ती मध्ये तीन जनाको मृत्यु भएको हो ।

जापानीज इन्सेफ्लाइटिस भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका बासिन्दामा भेटिएको छ । यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने जानकारी दिँदै उनले सबैलाई सचेत रहन आग्रह समेत गरेका छन् ।

अचानक उच्च ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, बान्ता हुने, शरीर काम्ने, घाँटी दुख्ने जापानीज इन्सेफ्लाइटिसका लक्षण हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *