वडा अध्यक्ष साहको निधन

समाचार

राजविराज । राजगढ गाउँपालिका– ५ का वडाध्यक्ष देवेन्द्र साहको ७० वर्षको उमेरमा निधन भएको छ । अर्बुद रोगबाट पीडित उनको उपचारको क्रममा चिवनको भरतपुर क्यान्सर अस्पतालमा आज बिहान निधन भएको सोही गाउँपालिकाकी उपाध्यक्ष रेणुदेवी मण्डलले बताएकी छिन् ।
जनता समाजवादी पार्टीबाट निर्वाचित उनी तीन वर्षदेखि क्यान्सरबाट पीडित रहेका थिए । उनका दुई छोरा र तीन छोरी छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट