`

बिहानै र राति अबेर कुकरमा सिठ्ठी लगाए अब तीन लाखसम्म जरिवाना !

Nepal One HD १९ भदौ २०८२ १२:०१
प्रमुख खबर

काठमाडौं । काठमाडौं प्रहरीले उपत्यकाबासीका लागि एउटा अनौठो उर्दी जारी गरेको छ । उपत्यका प्रहरीले शहरवासीहरुलाई ठूलो आवाज आउने खालका क्रियाकलापहरु नगर्न आग्रह गर्दै सूचना निकालेको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले शान्त, तथा अवरोधमुक्त छिमेकी अभियान अन्तर्गत यस्तो उर्दी जारी गरेको हो ।

विभिन्न मानवीय क्रियाकलपाका कारण ध्वनि प्रदुषण उत्पन्न भएर गर्भवती महिला, बाबालिका, वृद्धवृद्धालाई असर गर्ने उक्त कार्यालयले जनाएको छ । ५ वटा मुख्य शीर्षक र अनेकन उपशीर्षकमा कार्यालयले ध्वनी र प्रदुषण नियन्त्रणका लागि विभिन्न सल्लाहहरु दिएको छ ।

राति अनावश्यक आवाज नगर्ने शीर्षकमा कार्यालयले फोन कल गर्दा हेडफोन प्रयोग गर्न वा म्यासेजमै संवाद गर्न सुझाव दिइएको छ । अबेरसम्म ठूलो स्वरले गफगाफ नगर्न, भान्सामा भाँडाकुँडाको ठूलो आवाज ननिकाल्ने, राति गेट ढक्ढकाउने र बेल बजाउने काम नगर्ने, ठूलो आवाजमा म्युजिक बजाएर नाचगान नगर्ने लगायतका सुझाव छन् ।

यस्तै, बिहानको शान्ति कायम राखौं शीर्षकमा बिहानको नित्य कर्म गर्दा अनावश्यक खोक्ने र खकार्ने कार्य नगर्न भनिएको छ । गेट खोल्दा आवाज कम गर्ने, मोटरसाइकलमा अन्य सवारी साधन बिहानै स्टार्ट गरेर ठूलो आवाज ननिकाल्ने सुझाव कार्यालयले दिएको छ ।

राति अबेर शौचालय फ्लस गर्दा ध्वनी कम गर्ने उपाय अपनाउने, राति अबेर वा बिहान सबेरै प्रेसर कुकुरमा सिटी नलगाउन समेत सचेत गराइएको छ । कार्यालयले ध्वनी प्रदुषण गर्ने व्यक्ति वा संस्थालाई सम्वन्धित निकायले तीन लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने पनि जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *