नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा सांस्कृतिक झाँकी (तस्बिरहरु)

प्रमुख खबर

काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन स्थलमा बिहानैदेखि चहलपहल छ ।
विधान महाधिवेशनमा सहभागीहरुको स्वागतमा एमाले कार्यकर्ताहरु साँस्कृतिक झाँकीसहित उपस्थित भएका छन् । उनीहरु हिमाल, पहाड, तराई र पूर्वदेखि पश्चिमसम्मका मौलिक भेषभूषामा सजिएका छन् ।
सारंगी, ढोलसहितका परम्परागत बाजा र सांस्कृतिक पहिरनसहित उनीहरु उपस्थित छन् । त्यहाँ नेपालको सांस्कृतिक विविधता देखिन्छ ।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा एमालेले दोस्रो विधान महाधिवेशन आयोजना गरेको छ । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विधान महाधिवेशन उदघाटन गरेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट