`

जेनजीको प्रदर्शनलाई हरिवंशको समर्थन : उमेर पुगेकाहरुले अब युवालाई हस्तान्तरण गर्नु उत्तम

Nepal One HD २३ भदौ २०८२ १०:१०
प्रमुख खबर

काठमाडौं । अव्यवस्थाविरुद्ध आन्दोलनमा उत्रिएका ‘जेनजी’ लाई कलाकार हरिवंश आचार्यले पनि समर्थन गरेका छन् । उनले अब उमेर पुगेकाहरुले युवा पुस्तालाई हस्तान्तरण गर्न अपिल समेत गरेका छन् । आज बिहान समाजिक सञ्जाल फेसबुकमा आफ्नो घर अगाडि कालोपत्र गरेको केही दिनमै भत्किएको फोटो देखाउँदै उनले अहिलेको अव्यवस्थाको एउटा नमूना देखाएका छन् ।

उनले यो एउटा अव्यवस्थाको उदाहरण मात्र भएको बताउँदै जेनजीले अहिले उठाएको आवाज कुनै व्यवस्थाविरुद्ध नभई व्यवस्था हाँकिरहेका दलका नेता र कर्मचारीमाथि भएको उल्लेख छ । ‘आज उठेको आवाज कुनै व्यवस्था विरुद्वको आवाज होइन तर यो व्यवस्था हाकिराख्नु भएका सबै दलका नेता र कर्मचारीको कार्य माथिको प्रश्न हो । जनताले तपाईंहरुबाट अहिले गरिराख्नु भएको भन्दा धेरै आशा गरेका छन । अब उमेर भएकाले आफ्नो कार्य क्षमता सुधार्ने र उमेर पुगेकाले युवा पुस्तालाई हस्तान्तरण गर्नु नै उत्तम हुनेछ’ कलाकार आचार्यले भनेका छन् ।

हेर्नुस् आचार्यको स्टाटस :

मेरो घर छेउको बाटो पिच गरेको केही समयमै भत्कियो । म हरेक दिन मनमा सोच्दै थिए यो बाटो यति चाँडो कसरी भत्कियो ? हरेक दिन त्यही बाटो हिड्छु तर सोच्छु मात्र । तर अहिलेको पुस्ता यस्ता प्रश्न मनभित्र मात्र सोच्दैनन् । प्रश्न उठाउँछन्, जनताको करले बनेको बाटो किन भत्कियो ? कसरी भत्कियो ? यसको जिम्मेवारी कसको ? यो एउटा सानो उदाहरण मात्र हो आजका पुस्ताले प्रश्न गरेका । आज उठेको आवाज कुनै व्यवस्थाबिरुद्वको आवाज होइन तर यो व्यवस्था हाकिराख्नु भएका सबै दलका नेता र कर्मचारीको कार्यमाथिको प्रश्न हो । जनताले तपाईंहरुबाट अहिले गरिराख्नु भएको भन्दा धेरै आशा गरेका छन । अब उमेर भएकाले आफ्नो कार्य क्षमता सुधार्ने र उमेर पुगेकाले युवा पुस्तालाई हस्तान्तरण गर्नु नै उत्तम हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *