`

सुनुवाइ समितिका सभापति खतिवडाले लिए शपथ

Nepal One HD २३ भदौ २०८२ १२:१४
प्रमुख खबर

काठमाडौं । संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिमा निर्विरोध निर्वाचित भएका रामहरि खतिवडाले शपथ लिएका छन् । कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा सभापति खतिवडाले सभामुख देवराज घिमिरेबाट पद तथा गोपनीयताको शपथ ग्रहण लिएका हुन् ।

शपथमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा रानामगर, राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेलगायत सहभागी थिए । कुलिङ पिरियड छेडखानीमा संसदीय विशेष छानबिन समितिले नैतिक जिम्मेवार ठह¥याएपछि राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएका खतिवडा संसदीय सुनुवाइ समिति सभापति बनेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *