`

बानेश्वर आसपास क्षेत्रमा कर्फ्यू

Nepal One HD २३ भदौ २०८२ १२:३२
प्रमुख खबर

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज (सोमबार) दिउँसो कफ्र्यू जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालले कर्फ्यू जारी भइसकेको जानकारी दिए । जेनजीले आज काठमाडौंमा प्रदर्शन गरिरहेका छन् । कफ्र्यू लगाउनुअघि सीडीओ रिजालले गृहमन्त्री रमेश लेखकसँग परामर्श गरेका थिए ।

भ्रष्ट्राचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा आन्दोलनमा उत्रिएका जेन–जी पुस्ताको प्रदर्शनका क्रममा अवस्था तनावग्रस्त बनेपछि कफ्र्यू जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए । उनका अनुसार माइतीघर, बानेश्वर, तीनकुने र शंखमुल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *