जेनजी प्रदर्शनमा ७२ वर्षीय वृद्ध : यो पुस्ताले चाहिँ परिवर्तन ल्याओस्


काठमाण्डौं । जेनजी प्रदर्शन यो एउटा युवा पुस्ताको जोस र उत्साह लाई देखेर उनीहरुलाई केही हद सम्म ढाडस दिनका निमित चारैतिर युवाहरुको कोलाहलको बिचमा एकजना ७२ वर्षीय बृद्ध बुवालाई सहजै देख्न सकिन्छ । नारायणप्रसाद शर्मा नाम गरेका अनुहार चाउरी परेको ७२ बर्ष पुगेपनी जोसीला र हसिला निधारमा ठाडो टीका लगाएका युवाहरुको होस्टेमा हैसे मिलाउन गेरु गम्छा काँधमा हालेका चिटिक्क परेर साथ दिन उनको उपस्थीती रहेको सहजै बुझ्न सकिन्छ ।
हेर्दा पनि धर्म प्रति आस्थावान् मानिने उनि जेनजी प्रदर्शनमा युवापुस्ताहरूलाई आषिश दिदैँ ‘शर्माले भने्, ’भगवान् यो जमातलाई रक्षा गर । यो पुस्ताले चाहिँ साच्चीँकै केही गरोस् यो देशमा परिवर्तन ल्याओस् ।’
सामाजिक सञ्जाल बन्दविरुद्ध ‘जेनजी’ ले आह्वान गरेको आन्दोलनमा युवाहरु मात्र होइन । विभिन्न उमेर समूहका व्यक्तिहरु को समेत सहभागी रहेको छ । त्यस्तै मध्येका एक हुन् ’ सुर्खेत लाटीकोइलीका ७२ वर्षीय नारायणप्रसाद शर्मा ।’
उनी आफूलाई मन लागेको कुराहरु युट्युबमा हेर्ने गर्दथे । तर त्यो पनि अहिलेको सरकारले दर्ता नभएको विभिन्न सामाजिक सन्जाल मध्ये युट्युव पनि उनको सूचना लिने र दिन कटाउने माध्यम थियो । अहिले युट्युव लगायत सबै बन्द भएपर्छि दिन कटाउन गाह्रो भएको उनि बताउँछन् ।
उनको छटपटी र गुम्सिएको आक्रोश सजिलै उनको मुहारमा स्पष्ट देख्न सकिन्छ ।विरोध प्रदर्शन हुने भएपछि उनी आफ्नो छोरासँग मोटरसाइकल चढेर माइतीघर आएका छन् । जसले जेनजीको सोमबारदेखि थालेको आन्दोलनले उनलाई केही राहत मिलेको देख्न सकिन्छ ।
उनी माइतीघरको एउटा कुनामा बसेर आफ्नो शान्त विरोध जनाएर युवापुस्ता लाई साथ दिएका छन् । ‘समाचार पढ्ने, युट्युव हेर्ने उनि अहिले केही चल्दैन । कती रिस उठ्छ । दिनभर मेरो काम हुँदैन । अनि समर्थन गर्न आन्दोलनमा आएको हुँ,’ उनले भने,’सरकारले साह्रै दुख्ख दिएको छ । नेताले सबै बेचे । अब त चिहान र घाट पनि बाँकी नराख्लान् जस्तो भो ।’ त्यसैले यि य्ुवा एक जुट भई लाग्न जरुरी छ र केही गरोस् यि युवा पुस्तालाई मेरो आशिर्वाद छ ।