`

सन्तान खोज्न ट्रमा सेन्टरमा अभिभावकको भीड

Nepal One HD २३ भदौ २०८२ २०:१७
समाचार

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मृत्यु तथा घाइते भएका आफ्ना सन्तान खोज्न ट्रमा सेन्टरमा अभिभावकको भीड लागेको छ । सोमबार भएको प्रदर्शनमा २० जनाको ज्यान गएको छ भने २६० भन्दा बढी घाइते भएका छन् ।
मृतकमध्ये दुई जना इटहरीमा मारिएका हुन् भने बाँकी सबै काठमाडौंको भएको प्रदर्शनमा ज्यान गुमाएका हुन् । ट्रमा सेन्टरमा मात्रै उपचारका क्रममा ८ जनाको निधन भएको अस्पताल प्रशासनले जनाएको छ । यीमध्ये पाँच जनाको पहिचान भएको छ ।

ग्लोबल कलेजमा अध्ययनरत १९ वर्षीय श्रीयाम चौलागाईं, बाँकेका २१ वर्षीय सुलभराज श्रेष्ठ, कीर्तिपुरका ४२ वर्षीय बुद्धि तामाङ, वर्ष नखुलेका गौरव जोशी र स्टप अधिकारीको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको हो ।
गम्भीर घाइते अवस्थामा ल्याइएका उनीहरूको उपचारकै क्रममा ज्यान गएको हो ।

मृतकमध्ये बाँकी तीनजनाको अझै सनाखत हुन सकेको छैन । यस्तै, ट्रमा सेन्टरमा ४९ जनाको उपचार भइरहेको छ । मन्त्रालयले ट्रमा सेन्टरलाई विपद् योजना बनाएर आकस्मिक विरामीलाई हेर्न निर्देशन दिएको छ । बाँकी घाइते विभिन्न अस्पतालमा उपचाररत छन् । आफ्ना सन्तानको खोजीमा ट्रमा सेन्टर पुगेका अभिभावकले बाहिर नाराबाजी गरेका छन् । नाराबाजीपछि प्रहरीले उनीहरूमाथि लाठीचार्ज गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *