`

देश प्रयोगशाला बन्यो, जसको आन्दोलन उही नेता हुनु – गोकुल बाँस्कोटा

Nepal One HD २७ भदौ २०८२ ७:२०
प्रमुख खबर

काठमाडौं – नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले देश प्रयोगशाला बनेको बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत बास्कोटाले यस्तो बताएका हुन् । उनले जसको आन्दोलन उसैलाई नेता बनाउन जेन–जीलाई सुझाव पनि दिएका छन्।

उनले भने – ‘प्रयोगशाला भन्दा फरक नभएपछि पुरानाले, नयाँले, झन नयाँले र महानयाँले अन्तिममा आफ्नै गालामा थप्पड हान्ने र हरेक टाल्टुले समाधान बढीमा एक दशकको लागि खोज्ने हो। किनकि यहाँ सर्पको मुखमा परेको भ्यागुत्तोले फट्यांग्राको शिकार गर्न मुख बाउँछ, जस्को आन्दोलन उही नेता हुनु नि! फेरि उत्खनन किन?

जेन–जी आन्दोलन निष्कर्षतिर जान थालेको छ। देशमा अहिले अन्तरिम सरकार गठनको प्रयास भइरहेको छ।पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने तयारी भइरहेका छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *